नेभिगेशन
समाज विविध

जम्मा एक लाख घुस रकमसहित पक्राउ गरिए कल्याणपुरका मेयर, नगरपालिकामा खैलाबैला

जनकपुर– जम्माजम्मी एक लाख रुपैंया नगद घुस रकमसहित सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई अख्तियार टोलीले बुधबार रंगेहात पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले कार्यालयमा नै मेयर साहलाई पक्राउ गरेपछि खैलाबैला मच्चियो।

दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ।

अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध