नेभिगेशन
समाज विविध

सेफ्टी ट्यांकीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु

काठमाडौँ । चितवनमा भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा कार्यरत विकास मगरको पाँच वर्षीया छोरी अन्जना मगरको खेल्ने क्रममा अचानक सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको हो। भरतपुर-१० घर भएकी बालिका असार ३० गते सेफ्टी ट्यांकीमा खसेकी थिइन्। उनको तत्काल उद्धार गरी भरतपुर अस्पतालमा उपचार भइरहेको थियो।

 उपचारको क्रममा हिजो साँझ ६:४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध