नेभिगेशन
समाज विविध

भारतबाट आएको मिनी ट्रक त्रिशूलीमा खस्यो, दुईजना घाइते

काठमाडौँ । नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट बुधबार राति १०:२५ बजे मिनि ट्रक त्रिशूलीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारतबाट मेवा बोकेर काठमाडौँ जान लागेको युपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनि आईचर ट्रक आफैँ अनियन्त्रित भई सडकदेखि करिव ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो ।

भारत लखनौका ट्रक चालक २१ वर्षीय आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह दुर्घटनामा घाइते भएका छन् । अहिले उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध