नेभिगेशन
अर्थतन्त्र विविध

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा एक लाख ९३ हजार ३०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले घटेर दुई हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध