नेभिगेशन
राजनीति

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच वार्ता, अन्य नेता को–को छन्?

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो। देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक छन् भने प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुुप्रसाद रिमाल सहभागी छन्। 

नागरिक उन्मुक्ति पार्टीले सरकारबाट अलग भएर समर्थन फिर्ता लिएका कारण प्रधानमन्त्री ओलीको विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। उक्त विषयमा वार्तामा कुराकानी भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति