नेभिगेशन
राजनीति

चीनको सुजिङ ताल फुटेर भोटेकोशीमा बाढी आयो : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले चीनको सुजिङ ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले बाढीले भएको क्षतिबारे धारणा राख्दै यस्तो जानकारी गराएका हुन् । 

‘चीनको सल्ली भन्दा माथि सुजिङ ताल फुटेर यो भएको भन्ने कुरा कुरा चिनियाँतर्फको प्रारम्भिक जानकारी हाम्रो रसुवाको सीडीओले प्राप्त गरेको,’ सांसद महतले भने, ‘यो वर्षाको कारण नभइ ताल फुटेर यो घटना भएको भन्ने आएको छ । धेरै ठूलो धनजनको क्षति भएको छ ।’ 

उनले भोटेकोशीको बाढीलाई सरकारले ‘वार्निङ साइन’ का रुपमा लिनुपर्ने पनि बताए ।

 ‘सरकारले यसलाई वार्निङ साइनको रुपमा लिएर देशै भरी हुन सक्ने यस्ता आपत्‌विपत्, हुन सक्ने मानवीय र भौतिक क्षतिलाई रोक्न हरसम्भव प्रयास गर्नुपर्छ,’ महतले भने, ‘क्षति हुने परिस्थितिमा पनि उद्धार–राहत कार्यलाई तीव्रताका साथ अगाडि बढाउनका लागि तयारी गर्नुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति