नेभिगेशन
समाज विविध

धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला

मकवानपुर । धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ । त्रिशूली खोलाको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो । 

शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए । शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध