नेभिगेशन
समाज विविध

धादिङमा त्रिशूलीले लाश जलाइरहेको चिता बगायो

काठमाडौं- धादिङस्थित त्रिशूली नदीले बगाएर ल्याएका दुईजनाको शव मंगलबार फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा दुई जनाको शव भेटिएको हो ।

शवको अवस्था हेर्दा उनीहरूको मृत्यु तत्काल भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । ती शव रसुवास्थित भोटेकोशीमा आएको बाढीसँगै बगेर आएको हुन सक्ने अनुमान छ ।

उता धादिङको बेनिघाट रोराङ गाउँपालिका-७स्थित चरौँदीमा शव जलाइरहेको चिता नै त्रिशूलीले बगाएको छ ।

त्रिशूलीमा मंगलबार बिहानदेखि आएको बाढीले लाश जलिरहेको अवस्थामा चिता नै बगाएर लगेको हो ।

शव जलाइरहेका बेला बाढीले चितासहि बगाएको वडाध्यक्ष कुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार जलाउँदै गर्दा बगाएको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाका आफन्त रहेको खुलेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रसुवा बाढी : ७ जनाको शव फेला