नेभिगेशन
समाज विविध

प्रधानमन्त्री रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न त्यसतर्फ जाने भएका छन् ।

सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जाने भएका हुन् । दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओलीसहितको टोली जान लागेको हो ।

प्रधानमन्त्री ओली बालुवाटारबाटै उड्ने छन् भने गृहमन्त्री लेखक र अर्थमन्त्री पौडेल विमानस्थलबाट अर्को हेलिकोप्टरमा जाने भएको बालुवाटार स्रोतले जनाएको छ । बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने भएका छन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लागेका हुन् । बाढीबाट तीन सुरक्षाकर्मी, ६ चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । बाढीमा फसेका ५० जनाको उद्धार गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रसुवा बाढी : ७ जनाको शव फेला