नेभिगेशन
समाज विविध

सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ- सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उनीहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शपथ खुवाएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए ।

शपथपछि उनीहरूको आजै इजलास समेत तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रसुवा बाढी : ७ जनाको शव फेला