नेभिगेशन
समाज विविध

तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रको बाढी

काठमाडौँ । नेपाल चीन सीमा क्षेत्र आज बिहान आएको बाढीले ठुलो मात्रामा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।  भीषण वर्षासँगको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गरे । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ ।

यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको  बताए । उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर तथा मजदुरलाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए । 

उनले समग्रमा क्षति ठुलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए ।

 तस्बिरहरुः

rasuwagadi-naka-dubaan2025-07-08-06-53-26-1751940685.jpg

10_deTaseiacZ-1751940684.png
v-1751940256.jpg
received_1251220516677863-1751938313.jpeg

received_521002071034925-1751938289.jpeg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध