नेभिगेशन
समाज विविध

रसुवाको बाढीपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– रसुवामा आकस्मिक रुपमा आएको बाढी र यसले गरेको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्दैछ ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बस्ने प्राधिकरणले जनाएको छ ।

चीनमा भएको भीषण वर्षापछि भोटेकोशीमा आएको बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २  टिमुरे, भन्सार कार्यालयको यार्ड तथा तीनवटा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति भएको छ ।

बाढीमा परी १२ नेपाली र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रसुवा बाढी : ७ जनाको शव फेला