नेभिगेशन
समाज विविध

रसुवामा बाढी, नेपाल–चीन जोड्ने मितेरी पुल बगायो

काठमाडौं - चीनमा अविरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवाको गोसाईकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।

आज बिहान अन्दाजी ३ः१५ बजे आएको बाढीले पुल बगाएको हो ।

त्यसैगरी, टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेर केही मालबाहक कन्टेनर बगाएको छ ।

received_521002071034925-1751938289.jpeg
हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । नदीमा पानीको बहाब अझै उच्च भएकोले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्णलाई सतर्क रहन आग्रह गरिएको छ ।

received_1178569727409654-1751938313.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध