नेभिगेशन
राजनीति

विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट हमासको अपहरणमा परेका कञ्चनपुरका युवा विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टसँग आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले स्पेन भ्रमणका क्रममा इजिप्टका प्रधानमन्त्री डा। मुस्तफा कमाल माडबुलीसँगको भेटका क्रममा विपिनको रिहाइका लागि जारी पहललाई निरन्तरता दिन आग्रह गरेको जानकारी दिए । 

‘हमासले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर पहलका लागि अनुरोध गरेको छु,’ प्रधानमन्त्री ओलीले भने । 

उनले इजिप्टका प्रधानमन्त्री डा। मुस्तफासँगको भेटमा दुई पक्षीय हित र चासोको विविध विषयमा छलफल गरे पनि बताए । ‘इजिप्टका प्रधानमन्त्री डा। मुस्तफा कमाल माडबुलीसँगको भेटमा दुई पक्षीय हित र चासोको विविध विषयमा छलफल गरेको छु,’ प्रधानमन्त्री ओलीले भने ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी