नेभिगेशन
राजनीति

एएफसी महिला एसियन कप छनोट खेलमा प्रधानमन्त्री ओलीले नेपाली टोलीलाई दिए जितको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एएफसी महिला एसियन कप छनोट खेलमा नेपाली खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् ।

श्रीलंकाको टोलीलाई जितेर आज उज्बेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुभकामना दिएका हुन् ।

उज्बेकिस्तानको तासकेन्दस्थित मिली रंगशालामा बुधबार भएको खेलमा नेपालले पहिलो खेलमा लाओस् र दोस्रो खेलमा श्रीलंकालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति