नेभिगेशन
राजनीति

क्रान्तिदेखि शान्तिसम्मका पनि नेता ‘गिरिजाबाबु’

काठमाडौं– उनी छोरी मात्र होइनन्, कांग्रेसकी नेत्री पनि हुन्। सहयोगीका रुपमा उनले बाबु तथा शिखर पुरुष मानिएका स्व. गिरिजाप्रसाद कोइरालासँग रहेर काम गरिन्। 

नेपालको शान्ति प्रक्रियालाई थालनी गर्ने र माओवादीलाई युद्धबाट मूलधारको राजनीतिमा ल्याउन योगदान गरेका कोइराला यस्ता नेता थिए जो प्रधानमन्त्री र राष्ट्रप्रमुख एकै साथ हुने श्रेय पाए। 

‘गिरिजाबाबु एक राजनेता मात्र होइन, नायक पनि हुनुहुन्थ्यो’, कोइरालाले भनिन्,‘अहिलेको आर्थिक नीति र राजनीतिक प्रणाली उहाँको देन हो, त्यसैले यो शताब्दि गिरिजाबाबुको शताब्दि हो।’

हालै मात्र कोइरालाको १०२औं जन्मजयन्ती सकिएको छ। यसै अवसरमा कोइरालाको योगदानका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले समेत उच्च प्रशंशा गरेका थिए। 

पौडेलको राजनीतिक करिअरलाई बलियो बनाउने पात्र पनि हुन् कोइराला। माओवादी शान्ति प्रक्रियामा आएपछि कोइरालाको विश्वास पात्रका रुपमा मन्त्रिपरिषदमा हालका राष्ट्रपति पौडेल पनि थिए। 

उनी शान्ति मन्त्री थिए। 

उनै पौडेल हालका राष्ट्रपतिले कोइरालालाई मिठो सम्झना गरेका छन्। पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको टिप्पणी गरेका थिए। 

राष्ट्रपति पौडेलले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा ‘उहाँ क्रान्तिको पनि नेता हो, शान्तिको पनि नेता हो’ भनेर टिप्पणी गरेका थिए।

राष्ट्रपति पौडेलले राजनीतिको दिशा बदल्ने सामथ्र्य राखेर गिरिजाप्रसाद कोइरालाले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने, शान्ति प्रक्रियालाई अगाडि बढाउने र गणतन्त्र स्थापन गर्ने पछिल्लो कालखण्डको महत्त्वपूर्ण तीन राजनीतिक परिघटनालाई नेतृत्व लिएको स्पष्ट बताएका थिए। 

उनी भन्छन्,‘जीवनको उत्तराद्र्धमा गिरिजाप्रसाद कोइराला नेताबाट राजनेताको स्थान प्राप्त गर्न सफल हुनुभयोे जो, हामी सबैका लागि सधैँ प्रेरणाको स्रोत रहिरहनुभएको छ।’

जस्तोसुकै जोखिम मोल्ने आँट राख्ने कोइरालामा आत्मविश्वास अजेय भएको पौडेलको टिप्पणी थियो। 

हुन पनि ०६२–०६३ को जनआन्दोलन यता कोइरालाको व्यक्तित्वको बेग्लै श्रेय थियो। उनले मधेस आन्दोलनको विषय सीमा जोडिएको सिधा भारतसँग कुराकानी गर्ने भनी गरेको टिप्पणी अविस्मरणीय थिए। 

यसबाहेक शान्ति कायम गर्न माओवादीलाई मूलधारमा ल्याएपछि भारत भ्रमण जाँदा नेपालका प्रधानमन्त्रीले पाउने मध्यको ठूलो सम्मान पहिलो पटक पाएका थिए। 

तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह प्रोटोकल तोडेर नै विमानस्थलमा कोइरालाको स्वागत गर्न आएका थिए जबकि त्यस्तो उँचो कद त्यसपछिका प्रधानमन्त्रीले बनाउन सकेका छैनन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति