नेभिगेशन
राजनीति

अन्तिम पटक प्रधानमन्त्री बनेर राजनीतिबाट देउवाको अवकाश

काठमाडौं– एमालेसँग सत्ता सहकार्य गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्तिम पटक प्रधानमन्त्री बनेर राजनीतिबाट अवकाश लिने भएका छन्।

उनले यस्तो सांकेतिक घोषणा शुक्रबार गरेका छन्।

कांग्रेसकी नेतृ प्रजातान्त्रिक आन्दोलनकी योद्धा गौरीदेवि प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले आफू रिटायर्ड हुँदै गर्दा पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता जनाएका हुन्।

उनले पार्टीमा एकले अर्कोलाई अन्तर्घात गर्ने रोगले बहुमत ल्याउन नसकेको बताए। 

‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ। हाम्रो पार्टीको रोग नै यही हो। हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ’ देउवाले भने।

दुई कार्यकाल सभापति बनेका देउवा विधानसम्मत अर्को कार्यकालका लागि सभापतिका उम्मेदवार हुन पाउने छैनन्। उमेरले पनि पाका बनेका देउवा आलोपालो सरकारको प्रधानमन्त्री बन्दा छैठौं पटक हुनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति