नेभिगेशन
राजनीति

प्रतिनिधिसभाको विषयगत समितिमा सांसद हेरफेर

काठमाडौं– प्रतिनिधिसभाका विषयगत समितिमा सांसदहरू हेरफेर भएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार विषयगत समितिमा सदस्यको नाम हेरफेर गरेका हुन् । 

सांसद श्यामकुमार घिमिरेलाई सार्वजनिक लेखा समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा, चन्दा चौधरीलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट सार्वजनिक लेखा समितिमा, शान्ति विकलाई महिला तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा राखिएको छ ।    
 
बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको ब्यहोराबारे जानकारी गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति