नेभिगेशन
समाज विविध

ब्राजिलमा हट एयर बेलुन दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

काठमाडौँ । ब्राजिलमा हट एयर बेलुन दुर्घटनामा कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

सामाजिक सञ्जालमा जानकारी दिँदै, सान्ता क्याटरिनाका गभर्नर जोर्गिनो मेलोले शनिबार बिहान भएको दुर्घटनामा हट एयर बेलुन भित्र २२ जना रहेको र ८ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मेलोले राहत तथा उद्धार टोली घटनास्थलमा पुगेको र बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको बताएका छन् ।

उनले भने- 'दुई जनालाई उद्धार गरिएको छ भने बाँकीको खोजी जारी छ । यो दुर्घटनाबाट सबै स्तब्ध छन् ।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध