नेभिगेशन
राजनीति

ब्रिटिश गोरखाहरूलाई वंशजकै नागरिकता दिनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरूलाई वंशजकै आधारमा नागरिकता दिनुपर्ने बताएका छन्।

आज (शनिबार) ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताए।

नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजको आधारमा पाउने नागरिकताबाट वञ्चित गर्ने कुरा राम्रो नभएको बताए। हिम्मत र शाहस भए ब्रिटिश गोरखा भर्ती बन्द गर्न आग्रह गरे। नत्र भने आफ्नै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार कसैलाई नरहेको उनको जिकिर थियो। नेपालमा नागरिकताको विषयमा बुझाइको अल्पता रहेको उनले बताएका छन्। संसारमा राष्ट्रिय राज्य रहेसम्म प्रत्येक मानिसको नागरिकता हुने उनले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति