नेभिगेशन
राजनीति

योगेश भट्टराईले यसरी पोखे मन्त्रीहरुप्रति असन्तुष्टि

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरुप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता भट्टराईले मन्त्रीहरु संसद बैठकमा नआउदा समय संचालन हुन नसकेको उल्लेख गर्दै मन्त्रीहरुको संसदको भन्दा महत्वपूर्ण काम के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

उनले भने- आज १० वटा मन्त्रालय कसरी पुग्यो ? एक दिनमा १० वटा मन्त्रालय छलफल गरेर कसरी कन्स्ट्रकटिभ भूमिका खेल्न सक्छौं, यो एउटा गम्भिर प्रश्न हो । १० वटा किन पुग्यो ? हिजो केहि मन्त्री आउनु भएन, अस्ति केहि मन्त्री आउनु भएन । अनि थपिदै जादा १० वटा पुग्यो । म माननीय मन्त्रीहरुलाई भन्न चाहान्छु, संसद चलिरहेको बेलामा, संसदमा विनियोजन शिर्षकमाथि छलफल भइरहेको बेला, त्यो भन्दा महत्वपूर्ण अर्को काम के होला त यहाँहरुको, जसले गर्दा यहाँ नआएर अन्त जानुपर्ने कारण के पर्यो होला, यो निकै गम्भीर प्रश्न हो ।'

भट्टराई यतिमै रोकिएनन् । उनले अगाडी भने- 'हाम्रो संबिधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेखि भन्छ र मन्त्रीहरु प्रधानमन्त्री र संसदप्रति जवाफदेखि भन्छ । जब हामी संसदमा उपस्थित भएर गम्भीरतासाथ भाग लिदैनौ भने हामी गर्छौ चाहि के त ? समयमा नआउदा आज पनि एक घण्टा ढिलो बैठक शुरु भयो । किन भन्दा मन्त्रीजी नआएर, यो संसदप्रतिको गम्भीर जवाफदेहिताको प्रश्न हो ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति