नेभिगेशन
समाज विविध

 इजरायल–इराक युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन हेल्प डेस्क राखिने

काठमाडौं- इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले २४ सै घण्टा सञ्चालन हुने गरी परराष्ट्र मन्त्रालयमा हेल्प डेस्क राख्ने भएको छ ।

डेस्कमा परराष्ट्रसहित गृह, श्रम तथा रोजगार र पर्यटन मन्त्रालयका अधिकारीसमेत हुनेछन् । परराष्ट्र मन्त्रालयमा आज चार मन्त्रालयका अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पहलमा बसेको बैठकमा श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी पनि उपस्थित थिए । गृह र पर्यटन मन्त्रालयबाट भने सचिवको प्रतिनिधित्व रहेको थियो ।

परराष्ट्रमन्त्री राणाले बैठकमा स्वदेश फर्कन चाहने नेपालीहरूलाई मन्त्रालयले स्थापना गरिएको पोर्टलमा दर्ता गर्न अपिल गरिएको, युद्धपछि उत्पन्न अवस्थालाई गम्भीर रुपमा हेरिएको बताइकी थिइन् ।

मन्त्रालयस्तरीय छलफलमा इजरायल र इराकमा उत्पन्न असहज अवस्थाको कारण स्वदेश फर्कन चाहने नेपालीलाई कसरी उद्धार गरी ल्याउने भन्नेबारे छलफल भएको मन्त्री राणाले जानकारी दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशभरका २२ स्थानमा सडक अवरूद्ध