नेभिगेशन
समाज विविध

डोटीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ४ घाइते

डोटी- डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तरगत सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनाग्रस्त जिप सडकबाट अन्दाजी दुई सय ५० मिटर तल खसेको छ । 

दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । 

मृतक र घाइतेको परिचय नखुलेको र घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि पठाइएको बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशभरका २२ स्थानमा सडक अवरूद्ध