नेभिगेशन
विश्व

अस्ट्रेलियाले तेहरानस्थित दूतावास सञ्चालन निलम्बन गर्ने

काठमाडौँ । इरानमा 'बिग्रँदै गएको सुरक्षा अवस्था' का कारण अष्ट्रेलियाले तेहरानमा रहेको आफ्नो दूतावासको सञ्चालन निलम्बन गर्ने बताएको छ ।

अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले वर्तमान अवस्थामा, कन्सुलर सेवाहरू प्रदान गर्ने क्षमता अत्यन्तै सीमित भएको बताउदै  दूतावासको सञ्चालन निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएकी छन् ।

अष्ट्रेलियाले आफ्ना सबै अधिकारीहरू र उनीहरूका परिवारहरूलाई इरान छोड्न निर्देशन दिएको छ । पेनी वोङले इरानको छिमेकी देश अजरबैजानमा कन्सुलर कर्मचारीहरू तैनाथ गरिएको बताएकी छन् । विदेशमन्त्रीले वोङले अष्ट्रेलियाका राजदूत हाल तेहरानमा नै रहने बताएकी छन् । इरानमा रहेका कम्तिमा १५ सय अष्ट्रेलियाली नागरिकहरू र उनीहरूका परिवारहरूले त्यहाँबाट निस्कन मद्दत मागेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व

क्लब विश्वकपमा छैनन् दर्शक