नेभिगेशन
विश्व

इजरायल–इरान युद्धका विषयमा अगाडि आए चीन र रुस, अमेरिका पहिलादेखि नै थियो

काठमाडौं– जारी इजरायल र इरानको युद्धका विषयमा औपचारिक रुपमा मुख नखोलेका विश्वका दोस्रा र तेस्रो महाशक्ति पनि अगाडि आएका छन्। 
चीन र रुस इरानका पक्षमा उभिएका छन्। पहिलो महाशक्ति अमेरिका भने इजरायलको पक्षमा पहिलादेखि नै थियो। चीन र रुसले इजरायललाई

इरानमाथि आक्रमण नगर्नका लागि चेतावनी दिएका हुन्। 

अमेरिका इजरायलसँग युद्धमा संलग्न हुन सक्ने अनुमान जारी रहेका बेला रुस र चीनले अमेरिकालाई इरानविरुद्ध कुनै पनि सैन्य कारबाही नगर्न चेतावनी दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले वासिङ्टनलाई यस अवस्थामा सैन्य हस्तक्षेप नगर्न चेतावनी दिएकी छन्। उनले अमेरिका सैन्य लडाईमा कुदेमा एकदमै खतरनाक कदम हुने र त्यसको परिणाम पूर्णतया अप्रत्याशित र हानिकारक हुने चेतावनी दिएकी छन्।

त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन फिनले इरानमाथि इजरायलको हवाई आक्रमणको कडा निन्दा गरेका छन्। 

दुवै नेताहरूले सबै पक्षहरूलाई कूटनीतिक रूपमा विवाद समाधान गर्न र युद्ध रोक्न अपील गरेका छन्। 

सीले भनेका छन्,‘द्वन्द्वमा संलग्न पक्षहरू, विशेष गरी इजरायलले तुरुन्तै आक्रमणहरू बन्द गर्नुपर्छ ताकि स्थिति अझ बिग्रन नपाओस् र युद्ध अन्य क्षेत्रहरूमा नफैलियोस्।’

त्यस्तै क्रेमलिनका सल्लाहकार युरी उशाकोभलेरुस र चीनको दृष्टिकोण एउटै रहेको र दुवैले इजरायलको कारबाहीको कडा निन्दा गरेको बताए। 

इजरायली सेनाले एक विज्ञप्तिमा मिसाइलले दक्षिणी इजरायलको सबैभन्दा ठूलो अस्पताललाई लक्षित गरेको बताएको छ। इजरायलले इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीलाई समाप्त पार्ने धम्की दिए। 

यता, अमेरिकाले भने इरानलाई विनाशर्त युद्ध रोक्न आह्वान गर्दै वार्तामा बस्न भनेको थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसो नगरे भयानक अवस्थाको सामनाका लागि इरान तयार हुनुपर्ने चेतावनी समेत दिएका थिए। 

यसैबीच ट्रम्पले इरानसँग युद्धका लागि तयार पारिएको योजनामा अनुमोदन गरेको खबर बाहिरिएका थिए। इजरायली प्रधानमन्त्री नेतान्याहूले भने इरानी नेता खामेनीले ट्रम्पसमेतको हत्या गर्ने योजना बनाएको सार्वजनिक गरेका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व

क्लब विश्वकपमा छैनन् दर्शक