नेभिगेशन
विश्व

थाइल्यान्डकी सुन्दर प्रधानमन्त्री शिनावात्राको कम्बोडिका नेतासँगको फोन लिक

काठमाडौं– कम्बोडियाका पूर्वनेतासँगको फोन संवादका कारण थाइल्यान्डकी सुन्दर प्रधानमन्त्री पेटोन्टार्न शिनावात्राको गठबन्धन सरकार पतनको संघारमा पुगेको छ। 

कम्बोडियाका पूर्वनेता हुन सेनसँग उनले गरेको सीमा विवादबारेको कुराकानी सार्वजनिक भएपछि सरकार ढल्ने अवस्थामा पुगेको हो ।

फोनवार्तालाई लिएर जनताले आक्रोश पोखिरहेका छन्। गठबन्धनको प्रमुख साझेदार पार्टीले सरकार छाड्ने घोषणा गरेको छ।

फोनवार्तामा उनले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेकी थिइन्। एक थाई सैन्य कमान्डरलाई बर्खास्त गर्ने अभिव्यक्ति अडिओमा सुनिन्छ। 

लिक भएको अडिओप्रति शिनावात्राले माफी मागिन्। 

गठबन्धन सरकारमा दोस्रो ठूलो दल भुमजाइथाईले बुधबार गठबन्धन छाडेपछि प्यू थाई पार्टीलाई ठूलो धक्का पुगेको छ। 

शिनावात्राको गठबन्धनसँग अहिले झिनो बहुमत छ। गठबन्धनका थप साझेदारले सरकार छोड्ने निर्णय लिए उनले बहुमत गुमाउने सम्भावना छ। 

अन्य दुई गठबन्धन साझेदारले बिहीबारपछि यस विषयमा छलफल गर्ने बताएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व

क्लब विश्वकपमा छैनन् दर्शक