नेभिगेशन
खेलकुद

नेदरल्याण्डसले स्कटल्याण्डलाई १७ रनले हरायो

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्याण्डसले स्कटल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले स्कटल्याण्डलाई १७ रनले पराजित गरेको हो ।

नेदरल्याण्डसले दिएको १९९ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाउदै १८१ रन मात्र बनाएको थियो ।

स्कटल्याण्डका लागि ब्राण्डन म्याकुलनले सर्बाधिक ५१ रन बनाए भने माइकल लिस्कले ४६ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १९८ रन बनाएको थियो । नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्बाधिक ९० रन बनाएका थिए भने स्कट एडवर्ड्सले ३१ रन बनाएका थिए ।

यो जितपछि सिरिजमा नेदरल्याण्डसको ३ खेलमा २ जित र एक हारसहित ४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने नेपालले २ खेलमा एक जित र एक हार बेहोरेको छ । सिरिज अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद