नेभिगेशन
खेलकुद

स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।  

स्कटल्याण्डमा हुने यो सिरिजमा नेपालले ३ खेलमा २ जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यस्तै स्कटल्याण्डले यसअघि खेलेका ३ खेलमा एक खेल जितेको छ भएन २ खेलमा हार बेहोरेको छ । त्यस्तै सिरिजका सबै चार खेल खेलेको नेदरल्याण्डसले २ जित र दुई हार बेहोरेको छ । 

नेपालले एक खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने स्कटल्याण्ड र नेदरल्याण्डसलाई एक एक खेलमा पराजित गरेको थियो ।  नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म केवल २ टी-२० खेलिएको छ जसमा एक नेपालले र एक स्कटल्याण्डले जितेको छ ।   

आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने स्कटल्याण्ड १३औं स्थानमा रहेको छ । आज नेपालले आफ्नो टिममा एक परिवर्तन गरेको छ । आज करण केसीको स्थानमा रिजन ढकाल खेलिरहेका छन् । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), भीम सार्की, आरिफ शेख, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, रुपेश सिंह र लोकेश बम रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद