नेभिगेशन
राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

बुधबार बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपा बस्ने गरि बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुने पौडेलले जानकारी दिए ।

कांग्रेसले जारी संसदको अवरोध र बजेटको विषयमा छलफल गर्न आकस्मिक रुपमा केन्द्रिय समितिको बैठक बोलाएको बताइएको छ । यस अघि कांग्रेसको बैठक असार १५ गतेदेखि बस्ने गरि बोलाइएको थियो ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति