नेभिगेशन
राजनीति

रास्वपा सांसदलाई सदनबाट निष्काशन गर्न कांग्रेसकाे माग

काठमाडौ - नेपाली  कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपालाई सदनबाट निष्कासन गर्न माग गरेका छन् ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई संसद् बैठकबाट निष्काशन गर्न माग गरेका छन् ।

मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकमा नियमापत्ति जनाउने क्रममा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो माग गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति