नेभिगेशन
राजनीति

२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच सिंहदरबारमा छलफल

काठमाडौँ- सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबिच भेटवार्ता भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा सभामुख र गृहमन्त्री लेखकबिच भेटवार्ता भएको हो । 

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरोध गरिरहेका बेला सभामुख र गृहमन्त्रीबिच भेटवार्ता भएको हो ।

सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार भेटमा विपक्षी र प्रतिपक्षबिच भएको २ बुँदे कार्यान्वयन र रास्वपाका मागका बारेमा छलफल भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति