नेभिगेशन
पुँजी बजार

२७.२९ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौँ- नेप्से परिसूचकमा आज दोहोरो अंकले बढेको छ । आज नेप्से २७.२९ अंकले बढेर २६५७.१९ विन्दुमा कायम भएको छ ।

आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ७५ लाख एक हजार ८०२ कित्ता शेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज मकर जितुमाया सुरी हाइड्रो, पियोर पावर, डोल्टी पावर र बिन्ध्यबासिनी हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै बुटवल पावर कम्पनिको शेयर मुल्य ९.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ७.४७ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको शेयर ६२ करोड २८ लाख ३ हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्