नेभिगेशन
राजनीति

बालेनले ठाडै अस्विकार गरेपछि प्रकाशमानले सहरीविकास मन्त्रालयबाट दिए कांग्रेसको भातृ संगठनलाई ३ करोड

नेताका नाममा खुलेका राजनीतिक ट्रस्टहरूलाई नागरिकको करको पैसा दिन पाइदैन भन्ने अडानमा छन् काठमाण्डौका मेयर बालेन शाह । उनले बेला बेला नेताका नामका ट्रस्टमा बजेट खन्याएर बजेट खर्च गरेको भन्न त सकिने तर त्यसले बजेटको दुरूपयोग मात्र बढाउने भनेर असन्तुष्टि पोखिरहेका हुन्छन् । 

बालेन शाहले नेताका नाममा बजेट हाल्न रोके पछि काठमाण्डौ महानगरपालिकाको नगर सभासमेत भाँडिएको चर्चा चलेको थियो । कांग्रेस र एमाले सम्बद्ध वडाध्यक्षहरूले सार्वजनिकरूपमा नै नेताको नाममा बजेट हाल्ने चलन रहेको र हाल्नै पर्ने भनेर दबाब दिएका थिए । 

आमनागरिकहरूले पनि नेताको नाममा बजेट दिँदा दुरूपयोग भएको भनेर आलोचना गर्ने गरेका छन् । तर जति आलोचना भए पनि दलहरू सुध्रिने लक्षण देखिएको छैन । आफ्नो हातमा डाडुपुन्यु पारेर आफ्नैलाई पोस्ने विकृत यस पटक पनि देखिएको छ । तर यसप्रति उनीहरूलाई लज्जाबोध होइन, गौरव छ । 

बालेन शाहले नदिएको बजेट यसपालि संघीय सरकारका शहरी विकास मन्त्री प्रकाशमान सिंहले दिएका छन् । उनले काठमाण्डौ महानगरपालिका वडा नं. १३ स्थित रबि भवनमा नेपाल तरुण दलको भवन बनाउन तीन करोड रूपियाँ विनियोजन गरेका छन् ।

तरूण दलको कार्यालयलाई बहुवर्षिय योजना अन्तर्गत यसपटक रुपैयाँ तीन करोड (रु ३,००,००,०००) बिनियोजन भएकोमा तरूण दलले प्रकाशमान र पार्टी अध्यक्ष शेरबहादुर देउवालाई हार्दिक धन्यवाद भन्दै विज्ञप्ति निकालेको छ । सामाजिक सञ्जालमा यसको आलोचना भएको छ । 

'नेपाली कांग्रेसले आफ्नो भातृ संगठन बनाइदिन नागरिकले छाक काटेर तिर्ने करकोसमेत दुरूपयोग भएको छ । यो नीतिगत भ्रष्टाचार हो ।' सामाजिक सञ्जालमा आलोचना गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, 'बालेनले रोके तर संघीय सरकारले नै दिए पछि बालेनले के गरून् ? जता पनि बालेन नै चाहिने भो भन्ने यहिबाट पक्का हुन्छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति