नेभिगेशन
पुँजी बजार

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब २२ करोडको कारोबार

काठमाडौँ- नेप्से परिसूचक आज सामान्य बढेको छ । आज नेप्से २.७७ अंकले बढेर २६९५.८४ विन्दुमा कायम भएको छ ।

आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका दुई करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेड र पियोर इनर्जी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै न्यादी हाइड्रोको शेयर मुल्य ८.७२ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्य ६.२४ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार एनगिड़ी ग्रुप पावरको शेयर ८७ करोड ४७ लाख ३८ हजारको कारोबार भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्