नेभिगेशन
पुँजी बजार

१३.६९ अंकले घट्यो सेयर बजार

काठमाडौँ- अघिल्ला दुई दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.६९ अंक घटेको हो ।

सो गिरावटपछि नेप्से २६६४ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १० अर्ब १६ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने एउटाको स्थिर रह्यो ।

आज हाइड्रोपावर बाहेक सबै सेक्टरका सूचक घटेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्