नेभिगेशन
पुँजी बजार

५.९९ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.९९ अंकले घटेको छ ।

नेप्सेमा आज ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६६३ हजार रुपैयाँको शेयर कारोबार हुँदा नेप्से घटेको हो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा १५३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ९४ वटा कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने आज स्थिर रहेको छ ।

आज नेप्सेमा भएको रिभर फल्स पावर लिमिटेडको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने ओम मेगाश्री फार्मेस्ट्यिुकल्स कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्