नेभिगेशन
मनोरञ्जन

चलचित्र ‘जन्ते बाख्रो’ आजबाट प्रदर्शनमा 

काठमाडौँ । चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शनमा आएको छ । ‘जन्ते बाख्रो’ सोसल कमेडी चलचित्र हो । सिमोस सुनुवार निर्देशित चलचित्रले मुख्य पात्र कमलले योग्य वधु पाउन गर्ने संघर्षको कथा हो । यो चलचित्रमा सौगात मल्लको शीर्ष भूमिका छ ।

चलचित्रले मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा उल्लेख्य शो पाएको छ ।

चलचित्रमा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन