नेभिगेशन
सूचना प्रविधि

नेपालमा पनि बढ्दैछ ‘साईबर सेक्सटर्शन’, बदनाम हुने डरले राख्छन् गुपचुप

काठमाडौं– कुनै सुन्दर महिला वा सुगठित पुरुष सामाजिक सन्जालका विभिन्न फोरममा भेटिएका छन्? तिनले केही समय च्याट गरी ह्वाट्स एप नम्बर मागेर निजी र प्राइभेट लाइभमा आउन भनेका छन्? 

त्यसपछि नग्न तस्बिर या भिडिओ कलमा आउन भन्दै, नग्नता देखाउनका लागि पनि भनेका छन्? अनि, फेसबुक वा अन्य सामाजिक सञ्जालमा तपाईका निकटस्थको परिचय खुलाउँदै भिडिओ शेयर गरिदिन्छु भनी रकम माग गरेका छन्? 

पक्कै पनि यस्तो भएको हुनुपर्छ। यस्तो समस्यामा पर्नुभएको छ भने त्यो हो ‘साइबर सेक्सटर्शन’ अपराध।

हनिट्रयाप, आपराधिक लाभ या साइबर अपराधका अन्य मानकजस्तै अहिले नेपालमा पनि यस्ता प्रकारका अपराध बढेका छन्। खासगरी इन्टरनेट चलाउन जान्ने तर यस्ता अपराध हुन्छन् भन्नेबारे जानकारी नराख्ने पीडित बनेका हुन सक्छन्। यसर्थ, यसबारे जानकारी नराखे अपराधको जालोमा पर्ने खतरा हुन्छ। 

कतिपयले बदनाम हुने त्रासले गुपचुप राख्ने गरेको पनि पाइन्छ। कतिपयले भने रकम तिर्दा तिर्दा हरेस खाएको पनि हुनुपर्छ। 

के हो साइकर सेक्सटर्शन? यसबारे जान्नैपर्ने हुन्छ?

साइबर सेक्सटर्शन भनेको इन्टरनेट वा डिजिटल माध्यम प्रयोग गरी कसैलाई नग्न तस्बिर, भिडिओ, वा व्यक्तिगत जानकारीको धम्की दिएर डर, दबाव वा ब्ल्याकमेल गर्ने अपराध हो। 

यस्तो अपराधमा अपराधीले पीडितको व्यक्तिगत वा गोप्य सामग्री प्राप्त गर्छन्। 

कहिलेकाहीं सामाजिक सञ्जाल, अनलाइन डेटिङ एप, वा ह्याकिङ मार्फत। त्यसपछि ती सामग्री सार्वजनिक गरिदिने, साथी वा परिवारलाई देखाइदिने धम्की दिँदै पीडितसँग थप नग्न सामग्री, पैसा, वा यौनिक कार्यको माग गर्छन्।

यसमा के हुन्छ त?

साइबर सेक्सटर्शनको शिकार सामान्यतया किशोरकिशोरी, महिला वा प्रविधिमा अनभिज्ञ व्यक्तिहरू हुन्छन्। अपराधीहरूले नक्कली प्रोफाइल बनाएर विश्वास जित्ने, प्रेम वा मित्रताको बहानामा पीडितसँग अन्तरंग कुरा गर्ने, अनि पछि धम्क्याउने जस्ता रणनीति अपनाउँछन्।

यो अपराधले पीडितको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ। उनीहरू डर, लाज, तनाव र आत्महत्या जस्ता चरम अवस्थासम्म पुग्न सक्छन्। नेपालमा पनि पछिल्ला वर्षहरूमा यस्ता घटनाहरू बढ्दै गएका छन्।

नेपालको साइबर अपराध सम्बन्धी ऐनअनुसार, साइबर सेक्सटर्शन आपराधिक कार्य हो। अपराधीलाई कैद र जरिवानाको सजाय हुन सक्छ। पीडितले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिन सक्दछन्।

अनलाइनमा अपरिचितसँग नग्न तस्बिर वा निजी विवरण साझा नगर्नु।

सामाजिक सञ्जालमा गोपनीयता सेटिङ बलियो बनाउनु।

यस्ता घटनामा डराउनु नभई तुरुन्तै अभिभावक, शिक्षक वा प्रहरीसँग सम्पर्क गर्नु आवश्यक हुन्छ।

साइबर सेक्सटर्शन गम्भीर समस्या हो, यसको विरुद्ध सचेतना, सुरक्षित अनलाइन व्यवहार र कानुनी सहायता अति आवश्यक छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि