नेभिगेशन
समाज विविध

पतञ्जली जग्गा भ्रष्टाचार : तत्कालिन दुई मन्त्री तथा मुख्यसचिव पनि प्रतिवादी

काठमाडौं- पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा बिक्रि प्रकरणमा तत्कालिन दुई मन्त्री तथा मुख्यसचिवलाई पनि प्रतिवादी बनाएको छ ।

आयोगले बिहीबार बिशेष अदालतमा मुद्दा दायर गरेकोमा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल तथा तत्कालिन भुमीसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र कानुनीमन्त्री प्रेमबहादुर सिंह तथा तत्कालिन मुख्यसचिव स्वर्गिय माधव घिमिरेलाई समेत प्रतिवादी बनाएको छ । तत्कालिन भुमीसुधार मन्त्री डम्बर श्रेष्ठको मृत्यु भएकाले उनका छोरा सन्तोष श्रेष्ठलाई विगो असुल गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । 

आयोगले प्रधानमन्त्री, मन्त्री र कर्मचारीसहित ९३ जनालाई प्रतिवादी बनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध