नेभिगेशन
खेलकुद

आइपिएल फाइनलमा पञ्जावले टस जित्यो

काठमाडौँ । आइपिएलको फाइनलमा पञ्जाव किंग्सले टस जितेको छ । पञ्जाव किंग्सका कप्तान श्रेयस अय्यरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

 

योसँगै अहमदावादमा हुने यो फाइनलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पहिला ब्याटिंग गर्ने भएको छ ।


रोयल च्यालेन्जर्स बैंगलुरु योसहित चौथो पटक आइपिएलको फाइनल खेल्दैछ ।  यस अघि २००९, २०११ र २०१६ मा उपविजेता बनेको बैंगलुरुलाई यस पटक पहिलो उपाधि जित्ने अवसर रहेको छ । त्यस्तै पञ्जाव भने दोस्रो पटक आइपिएलको फाइनल खेल्दैछ । यस अघि पञ्जाव २०१४ बमा उपविजेता बनेको  थियो ।


रोयल च्यालेन्जर्स ९ वर्षपछि र पञ्जाब किंग्स ११ वर्षपछि फाइनलमा पुगेका छन् । अब यस पटक कम्तिमा एक टिमले पहिलो पटक उपाधि जितेर इतिहास बनाउने तयारीमा छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्