नेभिगेशन
खेलकुद

मैत्रीपूर्ण फुटबलमा नेपाल र हङकङ बराबरी

काठमाडौं – नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । कोनपोस्थित हङकङ नेसनल स्टेडियममा दुवै टोलीले केही उत्कृष्ट अवसरहरु सिजर्ना गरेपनि गोल गर्न भने सकेनन् ।

नेपालले एएफसी एसियन कप छनोटको तयारी स्वरुप हङकङसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

नेपालले आज ३७ वर्षपछि हङकङविरुद्ध मैदान उत्रिएको थियो । सन् १९८८ को एएफसी एसियन कप छनोटअन्तर्गत भएको उक्त खेल पनि गोलरहित बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद