नेभिगेशन
खेलकुद

जर्मनीलाई हराउदै पोर्चुगल नेसन्स लिगको फाइनलमा

काठमाडौँ । पोर्चुगल युइएफए नेसन्स लिगको फाइनलमा पुगेको छ ।

गएराति सम्पन्न सेमिफाइनल खेलमा जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल नेसन्स लिगको फाइनलमा पुगेको हो ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा तिनै गोल दोस्रो हाफमा भएका थिए । खेलको ४८औं मिनेटमा फ्लोरियन विर्त्जले गोल गर्दै जर्मनीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

१-० गोलले पछि परको अवस्थामा पोर्चुगलले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । पोर्चुगलको जितमा खेलको ६३औ मिनेटमा फ्रान्सिस्को कोन्सेकाओ र ६८औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । 

अब दोस्रो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्स प्रतिष्पर्धा गर्दैछन् ।

युइएफए नेसन्स लिगको फाइनल खेल ८ जुनमा म्युनिखमा हुने छ ।

युइएफए नेसन्स लिगको यो चौथो सिजन हो । नेसन्स लिगको पहिलो सिजन पोर्चुगलले जितेको थियो भने दोस्रो सिजन फ्रान्स र तेस्रो सिजन स्पेनले जितेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद