नेभिगेशन
खेलकुद

लुम्बिनीका रौनकले बनाए दोहोरो शतक

काठमाडौं- टीबी शाह मोमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका मध्यक्रमका ब्याट्सम्यान रौनक श्रीवास्तवले दोहोरो शतक बनाएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर क्रिकेट मैदानमा गण्डकीविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि रौनकले २१७ रन बनाए ।

उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरे । लुम्बिनीका लगि लक्ष्मण कुमालले ६० रन बनाउँदा टोली ४७ ओभरमा ४०३ रनमा अलआउट भयो । नेपालको कुनै पनि घरेलु क्रिकेटको खेलमा बनेको यो सर्वाधिक स्कोर हो । यस्तै घरेलु राष्ट्रिय क्रिकेट पनि पहिलो पटक दोहोरो शतक प्रहार भएको हो ।

एसिसी इस्टन रिजन यू–१६ प्रतियोगिताअघि भएको यो प्रतियोगितामा सात प्रदेशका यू–१६ टोलीले भाग लिएका छन् । सुर्खेतमा भइरहेको प्रतियोगिता दुई मैदानमा सञ्चालन भइरहेका छन् । यो प्रतियोगितापछि नेपाली क्रिकेट संघले यू–१६ टोली घोषणा गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्