नेभिगेशन
खेलकुद

साफ यू-२० महिला च्याम्पियनसिप : आज नेपाल र भुटान खेल्दै

काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान खेल्दैछन् । खेल बङ्गलादेशको वसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल र भुटानले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो ।

 

प्रतियोगितामा घरेलु टोली बङ्गलादेशसहित नेपाल, भुटान र श्रीलंका सहभागी छन् । डलब राउन्ड रोबिनका आधारमा खेल भइरहेको हो । सबै खेल सकिएपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।

यसअघि नेपालले श्रीलंकासँगका दुई खेलमा पनि जीत निकालेको थियो । नेपालले श्रीलंकालाई पहिलो र दोस्रो खेलमा समान ७ गोलले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–२ गोलले पराजित भएको थियो । बंगलादेशले चार खेलमा जीत निकालेको छ ।

अंक तालिकामा बंगलादेश १२ अंकका साथ शीर्ष र नेपाल समान खेलमा ९ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद