नेभिगेशन
खेलकुद

आईपीएल २०२५ फाइनलः बैंगुलुरु र पन्जाबबीच यस्तो छ अहिलेसम्मको हारजित इतिहास

काठमाडौं– क्रिकेटको सबैभन्दा महँगो इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल मंगलबार हुँदैछ। 

दुवै टोली पहिलो उपाधि जित्ने होडमा छन्। फाइनल खेल बेलुका पौने ८ बजेदेखि अहमदाबादस्थित विश्वकै ठुलो नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ।

बेंगलुरुले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर फाइनलमा स्थान बनाएको थियो। पराजित पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा फेरि बेंगलुरुसँगको भिडन्त पक्का गरेको थियो।

लिग चरणमा समान खेलबाट समान नतिजा र अंक बटुलेका यी दुई टोलीबीच नेट रनरेटको मात्र फरक रहँदा पञ्जाब शीर्षमा फिनिस गरेको थियो भने बेंगलुरु दोस्रोमा रहेको थियो।

बेंगलुरुले यसअघि सन् २००९, २०११ र २०१६ गरी तीनपटक आईपीएलको फाइनल खेले पनि उपाधि जित्न सकेको छैन। पञ्जाबले सन् २०१४ को फाइनल खेल्दा उपाधि जित्न सकेन।

आईपीएलमा हालसम्म यी दुई टोलीबीच ३६ खेल भएको छ जसमा दुवै टोलीले १८–१८ खेल जितेका छन् ।

यी दुवैको खेलमा हालसम्म बैंगलुरुले २४१ रन उच्च स्कोर बनाएको थियो। पन्जाबले भने २३२ उच्च स्कोर बनाएको छ। रोचक के छ भने यी दुवैमा जसले जित निकाले पनि पहिलो आईपीएलको ट्रफि उचाल्नेछन्।

सन् २००८ को सिजनमा यी दुवै टिमले खेल्दा पन्जाबले दुवै खेल जित्यो। उसले ९ र ८ विकेटले बैंगुरुमाथि जित निकालेको थियो। 

सन् २००९ मा दुवै टोलीले एक–एक खेल जित निकालेका थिए। बैंगलुरुले ८ रनले जितेको थियो भने पन्जाबले ७ विकेटको जित निकालेको थियो। 

सन् २०१० मा दुवै खेल पन्जाबलाई हराउँदै बैंगलुरुले जित निकालेको थियो। उक्त सिजनमा ८ र ६ विकेटले दुई खेलमा बैंगलुरु हावी भयो। 

सन् २०११ मा दुवै टोलीले एक–एक खेलमा जित निकाले। जहाँ पन्जाबले १११ रनले जित निकालेको थियो भने बैंगलुरुले ८५ रनले जित निकालेको थियो। 
सन् २०१२ मा दुवै टोलीले एक एक खेलमा जित निकाल्दा बैंगुलुरुले ५ विकेट र पन्जाबले ४ विकेटले स्तब्ध बनाएको थियो। सन् २०१३ मा दुवै खेलमा बैंगलुरुलाई पन्जाबले ६ र ७ विकेटले स्तब्ध पारेको थियो। सन् २०१४ मा पनि पन्जाबले ५ विकेट र ३२ रनले बैंगलुरुमाथि जित निकालेको थियो। 

२०१५ मा भने एक–एक खेलमा दुवैले जित निकालेका थिए। बैंगलुरुले १३८ रनको अन्तरमा जित निकाल्दा पन्जाबले २२ रन अन्तरमा खेल जितेको थियो। 

सन् २०१६ मा बैंगलुरुले दुवै खेलमा जित निकाल्दा एक रन अन्तर र ८२ रन अन्तर बनायो। २०१७ मा दुवै खेल पन्जाबले हात पार्दा ८ विकेट र १९ रन अन्तर बनाएको थियो। 

सन् २०१८ र २०१९ का दुवै सिजनका चार खेलमा बैंगलुरुले पन्जाबलाई जित निकाल्न दिएन। ति खेलहरुमा उसले ४ र १० विकेटको जित निकाल्यो भने अर्को बर्ष ८ विकेट र १७ रनको जित निकालेको थियो। 

२०२० मा पन्जाबले दुवै खेल हात पारेको थियो। ति खेलहरुमा ९७ रनअन्तर र ८ विकेटको जित थियो। 

२०२१ मा दुवै टोलीले बराबर जित निकाले। पन्जाबले ३२ रन अन्तरको जित निकाल्दा बैंगलुरुले ६ रनको भिन्नता कायम राख्न सफल भयो। 

सन् २०२२ मा पन्जाबले दुई खेल हात पारेको थियो। बैंगलुरुले दुवै खेल गुमाउँदा ५ विकेट र ५४ रन अन्तरको क्षति सम्हाल्नु परेको थियो। २०२३ मा एउटा मात्र खेल भयो जहाँ बैंगलुरुले २४ रन अन्तरको जित निकाल्यो। 

सन् २०२४ मा बैंगलुरुले २ खेल नै हात पारेको थियो। उसले ४ विकेटले एउटामा जित निकालेको थियो भने अर्कोमा ६० रन अन्तर बनाएको थियो। 

यस सिजनमा भने उनीहरुको तीन पटक भेट भएको छ। जहाँ दुईमा बंगलुरुले ७ र ८ विकेटको जित निकालेको छ भने पन्जाबले पनि एउटामा ५ विकेटको जित निकाल्यो। 

अब आईपीएलको फाइनललाई धेरैले प्रतिक्षा गरेका छन्। हेड टु हेडको स्थिति समान रहेका कारण कसले जित निकाल्ला भन्ने चासोका साथ प्रतिक्षा गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद