नेभिगेशन
अर्थ विविध

ओलीका भित्रिया एमाले सांसदले गरे अचम्मको प्रस्ताव, गभर्नरसँग पृथ्वीनारायण शाहको तस्बिरका कुरा

काठमाडौं– राष्ट्र निर्माता वडामहाराजधिराज पृथ्वीनारायण शाहका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीको सर्वत्र आलोचनाकाबीच एमाले सांसदको नयाँ प्रस्तावले चर्चा पाएको छ।

ओलीका भित्रिया मानिने सांसद सूर्य थापाले गभर्नर विश्व पौडेलसँग नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्नका लागि प्रस्ताव गरेका छन्।

सोमवार अर्थ समितिमा बाफिया बारेको छलफलमा भाग लिँदै उहाँले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन्।

आफू राजावादी नरहेको बताए पनि उनले भने,‘गणतन्त्र ल्याउन लडेकै हो। तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ। नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ।’

उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताए। उनका अनुसार यसले नोटको महत्त्व बढाउनेछ। अहिले नेपाली नोटमा विभिन्न जनावरका तस्बिर कायम छन् भने नेपालका भौगोलिक र महत्व झल्काउने परिचायक तस्बिर राखिएका छन्। यसअघि राजसंस्थाका बेला बाहलवाला राजाको तस्बिर राख्ने चलन थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध