नेभिगेशन
सुरक्षा–अपराध

प्रचण्डको निर्देशनमा सुरु भयो वाईसीएल आतंक, स्वतन्त्र पत्रकारमाथि गुन्डा जाई लागे

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा योङ कम्युनिस्ट लिग (वाईसीएल) आतंक सुरु भएको छ। 

माओवादीमा आवद्ध रहेका आपराधिक तथा गैरराजनीतिक मनोवृत्तिका अर्ध सैन्य बल दस्ताका सदस्यले वाईसीएलको सम्मेलनमा रिपोर्टिङका क्रममा पुगेका पत्रकारमाथि आक्रमण गरेका छन्। 

यतिले नपुगेर प्रचण्डको निर्देशनमा प्रहरी समेत गुन्डाको पक्षमा उभिन लागेको त्रास पत्रकारले पोखेका छन्। 

सुरज खड्का नामका स्वतन्त्र पत्रकारले भनेका छन्,‘म केही महिनादेखी स्वतन्त्र पत्रकारिता गर्दै छु। मैले वाईसीएलको सम्मेलनमा प्रचण्डलाई प्रश्न गर्न खोज्दा उनको संकेत पाएपछी आधिकारिकता सदस्यता पाएका गुण्डाहरु म माथि कुटपिट गर्दै मेरो समानहरु लुटपाट गरेका थिए र मलाइ आहिले पनि खतरा छ ।’

सामाजिक सञ्जालमा खड्का यस्तो लेख्छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध