नेभिगेशन
राजनीति

राजावादीहरू छाडा भइरहेका छन् : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूले पैसाको बलमा भाडाका मानिसहरू ल्याएर उत्तेजक गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले राजावादीहरूले विभिन्न स्रोतबाट पैसा जम्मा गरेका छन्। त्यही पैसाको आडमा भाडाका मानिस ल्याएर, उनीहरूलाई उक्साउने, जाँड खुवाउने र उफ्राउने काम गरिरहेको मैले देखेको छु, तपाईँहरूले पनि देखिरहनुभएको छ,’ प्रचण्डले भने ।

उनले राजावादीहरूले आक्रामक व्यवहार देखाएर आफूहरूमाथि हमला गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसको प्रतिकारका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिए ।

‘हामीले आक्रमण गर्ने उद्देश्य राखेका छैनौँ । उनीहरूको आन्दोलनमा गएर आक्रमण गर्ने भन्ने मेरो आशय होइन,’ उनले भने, ‘तर, उनीहरूले अराजक व्यवहार देखाएर हामीमाथि आक्रमण गर्न खोज्छन् भने त्यसको जवाफ दिन हामी तयार हुनुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय