नेभिगेशन
राजनीति

भ्रष्टाचार भन्दा ठूलो काममा ढिल्लासुुस्ती : प्रधानमन्त्री

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी कमला मरिण डाइभर्सनको ठेक्का रद्द हुन सक्ने बताएका छन्।

आज (आइतबार) ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ को जनकपुरधाममा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारभन्दा बढी आयोजना निर्माणमा ढिलासुस्ती गर्दा भइरहेको बताएका हुन्।

२० वर्ष एउटै आयोजनाका लागि पर्खिने धैर्य जनता र सरकार नरहेको उनको कथन छ। ‘अब ढिला सुस्तीले चल्दैन् । भ्रष्टाचारभन्दा ठूलो काममा ढिलासुस्ती हो,’उनले भने,‘भ्रष्टाचारमा मात्र होइन, ढिलासुस्ती नियन्त्रणमा पनि सरकारले कडाइको साथ ध्यान दिन्छ।’

मधेश प्रदेशको विकास तीव्र गतिमा हुने पनि प्रधानमन्त्री ओलीको भनाइ छ। १० हजारभन्दा बढी आवास कार्यक्रम र चक्रवातबाट बच्न ८७९ घर नेपाली सेनालाई हस्तान्तारण गरिएको उनले बताएका छन् । जनकपुरधाममा यात्रुको संख्याअनुसार रेल नभएको बताए।‘हाम्रो रेल घाटामा किन जान्छ भने हामी आफ्नो मान्छेलाई ट्रेनिङ नै दिँदैनौँ । अन्य ठाउँका मान्छेलाई किनेर बढी रुपैयाँ दिएर ल्याउँछौँ । हामीले आफ्नै जनतालाई यसको ट्रेनिङ दिनुपर्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले मधेशमा पानीको सतह तल गइरहेको, सुख्खा रहेको र यस समस्यालाई समाधान गर्न चुरे जोगाउने ठोस योजना ल्याउने बताए।

‘चुरेमा पानीको संग्रह गर्न सकियो भने, पोखरी बनाएर पानी राख्न सक्यो भने मधेस सिञ्चित हुँदोरहेछ’, उनले भने,‘यो प्रदेश गरिब नहुने प्रदेश हो । तर, कर्णाली भन्दा पछाडि ।’ आज डिजिटल प्रविधिमार्फत प्रधानमन्त्री ओलीले ६४ वटा सडकको शिलान्यास गरेका छन्। बाँध निर्माण र विद्युत् उत्पादन गृह ठेक्का सम्झौता अवधिको ४५ प्रतिशत समय पूरा भइसक्दा पनि प्रगति भने ७ प्रतिशतभन्दा उकालो लाग्न नसकेकाले कामको रफ्तार बढाई तोकिएकै समयमा सम्पन्न गर्न नलागे ठेक्का तोड्ने चेतावनी समेत सरकारले दिएको छ। पटेल–रमण जेभीले सुनकोशी नदीमा बाँध निर्माण कार्य ४ वर्ष ७ महिनामा सक्ने गरी २०७९ साल माघमा सम्झौता गरी काम अघि बढाएकोमा अहिलेसम्म करिब सात प्रतिशत हाराहारीमा मात्रै प्रगति भएको आयोजनाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति