नेभिगेशन
राजनीति

कमल थापा रिहा नगरे आन्दोलन थप सशक्त बनाउँछौँ : राजेन्द्र लिङ्देन

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन् ।

आइतबार नारायणचौरमा भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहितका नेताहरूलाई पक्राउ गरेको हो । 

उनी पक्राउ परेपछि राजावादीहरूले तत्काल थापालाई रिहा गर्न माग गरेका छन् । प्रदर्शनस्थलमै बोल्दै राप्रपाका अध्यक्ष लिङ्देनले थापालाई तत्काल रिहा नगरिए आन्दोलन सोमबारदेखि थप सशक्त बनाइने चेतावनी दिए । 

उनले सरकारले धरपकडको नीति लिएको भन्दै आक्रोश समेत पोखे । अहिले नक्सालस्थित प्रहरी हेडक्वार्र्टर अगाडिको सडकमै राजावादीले प्रदर्शन गरिरहेका छन् । 

बिहीबारदेखि सुरु भएको वर्तमान व्यवस्था विरोधी प्रदर्शनको कार्यक्रम अनुसार आज नक्सालमा तय भएको राप्रपाका नेता जनकराज पाठकले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति